कविता

जिन्दगी सालिन्ने घटबढ भैरहने
अदुवाको भाउ
कहिले तल कहिले माथि गरिरहने
जालोमा चारो थापिरहेको माकुरो
हावाले छोए पनि नछोए पनि
घरी एता घरी उता गरिरहने
केराको पात
अझ भनुभने साँच्चिकै जिन्दगी
कदमको चोपको उड्दै
गरेको बेलुन फोका
कति भयभित मान्छेको जीवन
कति क्षणभंगुर मान्छेको जिन्दगी
कदमको चोपको फोका
जो अलिकति माथि पुग्छ र विलिन हुन्छ
नानीहरू रमाउछन्
जिस्कन्छन् कदमको चोपसित
जिस्काइ पनि जिन्दगी
हँसाइ पनि जिन्दगी
उड्नु पनि जिन्दगी
डुबनु पनि जिन्दगी
पानी बगिरहन्छ
जिन्दगी चलिरहन्छ
पौडनु रहेछ जिन्दगी
पानीमा होस् वा हावामा
रूखमा लाग्ने फल पनि र
फल्दै नफल्ने नाभो पनि रहेछ जिन्दगी ।
उदय निरौला
udayarajniroula@gmail.com