मर्दै गए कहरमा, कति काव्य धारा
रोए हजार डरले, नवपुञ्ज प्यारा
सारा जगत् कलमको, निभमा कुद्यो झन्
आसन्न दुःख कविका, कविता भरी छन् ।। १
लेख्नेहरू भुवनमा, किन हाँस्न छाडे
चिन्ता नहोस् हृदयमा, झुट बाँच्न थाले
आक्रान्त साधक खुशी, कसरी हुनेछ
रोए भुलिन्छ र दशा, भन शक्त भक्त ।। २
बच्चा भनौ युवक या, अब बृद्ध बृद्धा
बेहोस हुन्छु अहिले, हर लास देख्दा
आएन हर्ष सपना, सब जीर्ण बन्दा
आए उनै विरहका, भय मात्र उम्दा ।। ३
इच्छा अनेक मनका, अधुरा बनाई
मर्दै गयो विपलता, विचरा गराई
सङ्क्रीर्ण सोच भरियो, पछुतो हुनेछ
रोगी त जान्छ मनुवा, बुझ चोट पर्छ ।। ४
लेखिन्छ काव्य रसका, अनि दिव्य ताना
के हुन्छ घात हँसिलो, उपहार पाना
खोजेर मिल्छ कि खुशी, विधिमा चलेर
बैराग्य तोड्न सकियोस्, उपकार हेर ।। ५
दूरी छ मात्र जिउको, नजिकै छ चोला
सत्प्रेम जोड्छु दुनियाँ, मन बस्छ होला
मेरो अनन्य जगको, ममता म जोड्छु
मान्छे प भीर पहरा, कति दूर सक्छु ।। ६
निद्रा परेन अहिले, अनिदो छु एक्लै
के के गरौँ म कसरी, मृदुभाव सोच्दै
यस्तो छ सोच नरमा, किन गर्छ डाह
देखेँ चिनेँ नजिकमा, नमुना विवेक ।। ७
थाक्ने गरेर सपना, कविले नदेखोस्
हार्ने गरेर जगमा, पिरती नटेकोस्
खोस्रेर भाग्य थलको, जनको अगाडि
पुग्नेछु इच्छुक भई, कखरा पछाडि ।। ८
अज्ञानता किन सधैँ, जलमग्न सारा
विश्वास गर्न सकिने, किन ज्यानमारा
यात्रा म काव्य रसको, प्रिय पात्र रोज्छु
भेटिन्छ देश गजमा, म किनार मोड्छु।। ९
मैत्री हुनेछ धरणी, वनकुञ्ज फैली
टल्कोस् हिमाल वयमा, तरू मात रोपी
रोप्नेछु हर्ष सँगिनी, मृदु लेख लेख्दै
आऊ विहान तपसी, नव घाम टेक्दै ।। १०
स्पन्दन विनोद
[email protected]