समाचार

रूपा तिमी के भन्दैछ्यौ । डिभोर्स दिन्छु अरे । मैले सपनामा पनि सोच्न सक्दिनँ । यी नावालक दुई छोराहरू छोडेर जाँदा तिमीलाई शान्ति मिल्छ ?
रूपाले भनिन्, आखिर पटक पटक अपमानित हुन चाहन्न म । जीवनको मोड बदलिन्छ तर तिम्ले देको पींडा बदलिन्न । मेरो लागि भोलिको निम्ति प्रेमको बन्धन झन कठोर हुनेछ ।
तिमी बिना नै म बाँच्न सक्छु ! तिम्रो माया मेरो जीवनको अभिशाप हुनेछ ।
आँखा भरिएर आए रमेशका । उसका आँखा चुपचाप साना छोराहरूको तस्वीरमा गए । उसको अतीत तितो यथार्थ बनेर आयो । उसले आफूलाई समाल्न सकेन ।
ऊ बेहोस भयोे । दुबै छोरा रूँदै बुबाको नजीक आए ।
मम्मी हामीलाई मार्नुस् तर बुबा लाई बचाउनुस् किन निस्ठुरी हुनुहन्छ ममी ?
छिट्टो डाक्टर अंकललाई फोन गर्नुस न ?
रूपाको अनुहारमा आत्मा ग्लानि देखिन्थ्यो । विवश हुँदै डाक्टरलाई फोन गरिन ।
डाक्टरले चेक गरेर मानसिक तनावले झण्डै हार्ट अटैक भएको थियो भन्यो ।
छोराको अनुहारमा प्रेमको खुसी देखिएको थियो । ममीको घमन्ड मरी सकेको थियो ।
रमेशले पुर्लुक्क रूपाको अनुहारमा हेर्यो
रूपाको मुहारमा अनगिन्ती पीँडा देखिन्थे
जो अव्यक्त प्रेमको सामुद्रिक छालझैंँ फैलिएका थिए ।
(लण्डन, बेलायत निवासी, इन्द्रेणी शर्मा जलद चर्चित साहित्यकार हुन् ।)
[email protected]