डाक्टर र नर्सको स्याहारको इसारामा
जीवनको उकाली- ओराली
पाप- पुण्य अनि अभिमान
आइसोलेसनको बेडमा स्मरण गर्दै
केवल एक्लो महसुस र अनुभूतिमा पौडीएर
कोभिडलाइ जित्न युद्धको मैदानमा उत्रिएकी म !
जीवन र मरणको परीक्षामा
नतिजाको सकारात्मक घण्टीको पर्खाइमा
सुन्दर कल्पनाका आशाहरू सजाउदै
कोभिडले झरेका निर्दोश कोपिलाहरू
फुल्ने या ओइलिने गन्तव्य नभएका
माहोल र भिडमा हराएकी म !
आफन्त, इष्ट- मित्र, बा- आमा भएपनि
विवशताले टाढा भएका
अनमोल जीवन र मृत्युको सत्यता
नजिकबाट दृष्टिगत गर्दै
रोगको पिन्जडामा बाँधिएकी चरी
खुल्ला पंख फिजाइ उड्ने रहर भरेर
अधुरो सपना पूरा गर्ने अठोट लिएर
आशाका सुन्दर किरणहरू रोप्दै
जीवनको भरोसा चिकित्सकमा सुम्पिएर
विशालको भीड युद्धमा उभिएकि म
कहिल्यै महसुस र अनुभूति नगरेको
देहका सीमातीत पीडामा छट्पटिएर
फेरि निभेको दियो बल्नुथियो
जीवनको खुल्लापानामा
सफलताका शब्दहरू कोर्न
आँट, हौसला, साहस अनि
अस्पतालका जिउँदा भगवानको
आशीर्वाद र कृपाले
आज कोभिडको विशाल युद्ध जितेको दिन ।
(मौनता कार्की युवाकवि हुन् ।)
[email protected]