आफ्नो जीवनलाई मृत्युसँग भिख मागी
सहनै नसकिने पीडालाई मातृत्वको गाठोले बाँधी
सानो निर्जीव पिण्डभित्र प्राण भरी
जिन्दगी दिन तम्तयार
आफ्नो जिवन तरवारको धारमा राखेर
पलपल मरी
आशुको सागरमा पौडदै कष्टहरूलाई हाँसी हाँसी स्विकारी
बिर्सिएर चुड्की भरमा
सारा पिडाहरू, एक बाल रोदनमा
स्नेही भावनाहरूलाई बनाएर ओछ्यान
आनन्दको निद्रा दिन्छिन आमा
प्रकृतिको नियमलाई निरन्तरता दिन
आफ्ना सारा उदेश्य, लक्ष,
चाहानाहरूलाई बिना कुनै गुनासो स्थगित गरिदिन्छिन्
नयाँ कोपिला आफ्नो शरीर भित्र फुलाइ त्यसमा प्राण भर्छिन्
दोबाटोमा अलमलिएको जिन्दगीलाई
त्रिवेणीमा लगि मिस्छिन आफूलाई जोखिममा राखी हाँस्छिन
जीवन र मृत्युको
अनिश्चित प्रहरमा पनि,
भेल आएको नहरमा पनि,
जिउने कला सिकाउने
कर्म गर्न सिकाउने
सन्सारसंग आत्मसम्मानको निम्ति लड्न
हरेक अनुकूल अनि प्रतिकूल समयमा
साथ हुदा पनि नहुदा पनि
आफ्नो स्नेह पूर्ण अनुभूतिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा
हरेक पाइला पाइलामा
साथ दिन्छिन आमा
महानताको शब्दपनि लाग्छ तुच्छ
आमा शब्दको सामुन्ने
संसारका देवीदेवताको कृपापनि फिक्का लाग्छ
आफ्नो सन्तानप्रतिको
अनुक्रिया देखेर
आफु हजार रात नसुती
सन्तानको एक निन्द्राको लागि खट्छििन्
प्रत्येक प्रहरमा मात्र सन्तानको खुशीको लागि लागि पर्दछिन्
आमा ।
(सुषमा अंशु युवाकवि हुन् ।)
[email protected]