• २०८२ माघ १८, आईतवार

बच्चाहरू

ईश्वरी कार्की वर्षा

ईश्वरी कार्की वर्षा

विभिन्न च्यानलले
पस्किने गरेको छ
काटुनका मीठामीठा व्यञ्जनहरू

डेड दुई वर्षका बच्चाहरू
नसरी बामे
नहिँडी टुकुटुकु
थालेका छन्
उड्न

ठान्छन आफूलाई
आइरन म्यान
सुपरम्यान

बोली राम्रो नफुटे पनि
छिट्टो चलाउँछन् हातखुट्टा
सुपरम्यानको सुपर पावर
देखाउँदै

प्रविधिले चाँडै
प्रबुद्ध बनाएछ
बच्चालाई समेत

अचेल कोक्रोमा नभै
ट्याब्लेट, आइफोन, आइप्याड
र मोबाइलमा
व्यस्त भेटिन्छन्
बच्चाहरू

समयले नै बताऊला
सायद
अबका बच्चाहरूको भविष्य ।


(वर्षा चर्चित साहित्यकार हुन् ।)