कपास रङको कागजमा
लेखिएका तिम्रा ती अक्षरहरू,
धेरै माथि
छरिएकाछन् सबैले देख्ने गरी
कहिले नमेटिने हिसाब-किताबले
पूर्वी भेगका बुट्यानसँगै,
लालीकिरणलिई उदाउँछ
बिहानीमा पारिजात
सीता र पसाङ लिएर
मीत लगाएर आउछिन् भृकुटी
अनि त मलाई गर्व लाग्छ
आमा हुनुमा
रित्ता काखहरू भरिदिने लक्ष्मी
खाली मस्तिष्कहरूमा
अक्षर कोरिदिने सरस्वती
त्यसैले त जोशिला बनेकाछन् बाल-मस्तिष्कहरू
उज्यालो छ सगरमाथाको चेहरा,
लालिगुराँस र लालुपातेहरू
कान्ला र टारहरूमा
डाँफे र मुनालहरूसँगै
स्नेहको डोरीले बाँधेर
जीवन हुनु र जिउनुको आधार
त्यही ममताको काखमा
त्यसैले त गर्व गर्छु आमा हुनुमा ।
(पोखरानिवासी बञ्जारा चर्चित कवि हुन् ।)
[email protected]