मान्छे जन्म्यो अनि मर्छ, चिन्ता केको लिन्छौ ?
चोट मान्छेलाई नै पर्छ, चिन्ता केको लिन्छौ ?
काँडा सधैँ ठिङ्ग, उभिएको हुन्छ बोटाभरि,
ओइली फुल मात्रै झर्छ, चिन्ता केको लिन्छौ ?
हेर ! धेरैले यो दुनियाँमा खान लाउन पाछैनन,
तिम्रो त यौटा बस्ने घर छ चिन्ता केको लिन्छौ ?
दुःखी किन हुन्छौ यो, भयो त्यो भएन भनी,
यो सब भगवानले गर्छ, चिन्ता केको लिन्छौ ?
तिमीले त बिस्र्यौ होली, तर मेरो मुटु भरि,
तिम्रै मायाको मात्र असर छ, चिन्ता केको लिन्छौ ?
(कञ्चनपुरनिवासी चन्द नवोदित स्रष्टा हुन् ।
[email protected]