• २०८१ पौष २८ आइतबार

सुकेको पात

पुष्कर लोहनी

पुष्कर लोहनी

सुकेको पात बटुल्नेहरू
टिप्न पुग्छन् हरियो पात
बोट हल्लाएर
बोट लछारेर
बोटै मर्काएर
झरेका पातहरू बोरामा कोच्दाकोच्दै
हरिया पातहरूमा आँखा पुगिहाल्छन् ।

रातको सन्नाटा
लुकेको बैँस आफैँतिर सल्किँदा
चलबलाउन खोज्छ
अँध्यारो कुनाको आवाजले  इसारा गर्दा ।
खेलाउन खोज्छ आँखाले
आफैँभित्र सेलाउँदै गएको तातेको मन
मरेको जाँगर
कसैले सुमसुम्याइदिए हुन्थ्यो जस्तो लाग्ने ।


(लोहनी स्थापित साहित्यकार हुन् ।)
[email protected]