मलयालम कविता

वर्षौं भयो
प्रेमको ढोकामा
‘हाउसफुल’ को बोर्ड झुन्ड्याएको
‘हाललाई प्रवेश निशेध’ को संदेश पठाएको
कसरी पायौ यो बन्जर भूमिको ठेगाना
बुझ्न सकिरहेको छैन
कुन बाटो प्रवेश गर्यौ
अचम्मित छु
तिम्लाई स्वागत गरूँ
ठाउँ छैन
तिम्लाई नआऊ भनूँ
त कसरी भनूँ ?
असमन्जसमा छु
भयो, भो
आइहाल्यौ
बस अब
पालो कुरेर !
(छेत्री चर्चित कवि हुन्)
[email protected]