• २०८१ चैत ६ बिहीबार

गन्धर्वको सारङ्गी विरह

रमण घिमिरे

रमण घिमिरे

कुनै समय यस्तो थियो, जतिखेर मानिसका घरमा आजजस्तो अखबार, टेलिभिजन या अनलाइनको कल्पनासम्म थिएन । रेडियोको पहुँच पनि ठूला सहरका केही सम्पन्न परिवारमा मात्र थियो । त्यस बखत समाचारको एक मात्र स्रोत गन्धर्वको गीत हुन्थ्यो । उनीहरू सारङ्गी बजाउँदै हिमाल, पहाड, तराईका कुनाकाप्चासम्म पुग्थे र देशमा घटेका घटनाहरूलाई गीत बनाएर सुनाउँथे । यस अर्थमा त्यस बेला गन्धर्वको गीत समाचारको एक मात्र माध्यम थियो । र, उनीहरू यसैलाई आफ्नो जीविका बनाउँथे ।

आज प्रविधिको विकासले गन्धर्व र सारङ्गी दुवै लोप हुने अवस्थामा पुगेका छन् । तर केही गन्धर्वहरू अझै पनि आफ्ना पिता–पुर्खाले अपनाएको यस व्यवसायलाई जेनतेन धानिरहेका छन् ।

दीपक गन्धर्व यसैका एक उदारहण हुन् । उनी दाङको नारायणपुरबाट सारङ्गी लिएर निस्किन्छन् र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर देशसँगै आफ्नै विरहगाथा पनि गाउँछन् । यही सारङ्गी र आफ्नो गायनका आधारमा हुने सीमित आर्जनबाट उनी आफ्नो पाँचजनाको परिवारको जीविका चलाउँछन् ।

उनले बजाउने सारङ्गी पनि आज प्रविधिसँगै रूपान्तरित हुँदै आएको बताउँछन् उनी । सारङ्गी रेट्ने धनु घोडाको पुच्छरको बनाइन्छ । तर सारङ्गीको तार भने समयसँगै रूपान्तरित हुँदैआएको छ । यो पहिला बाख्राको आन्द्राबाट बनाइन्थ्यो, अलिक पछि गोर्खा पल्टनले ल्याएका प्यारासुटको धागो पनि प्रयोग हुनथाल्यो । हुँदाहुँदा आज त ब्याडमिन्टन र गिटारका तारसम्म प्रयोग हुनथालेको उनी बताउँछन् । विकास भन्छन्– सरङ्गीमा बाख्राको आन्द्राले भन्दा गितारको तारले बढी सुमधुर धुन निकाल्छ ।

उनको गीतले भन्छ–

कहाँ गयो गीत गाउने गाइने दाइ

दुःख पीर चाहिने है

हेर्नुहोस् यो भिडियो