• २०८३ मंसिर ९, मंगलवार

विश्वव्यापी मुक्तक वाचन कार्यक्रम सम्पन्न

काठमाडौं ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजनामा विश्वव्यापी मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर २१ तारिख शनिबार अनेसासको केन्द्रीय जुम हलमा आयोजित कार्यक्रममा विभिन्न देशमा रहेका मुक्तककारहरूले रचना वाचन गर्नुभएको हो । अनेसास केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदीको सभापतित्व तथा मुक्तककार रूपक श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विश्वका विभिन्न देशबाट सहभागी स्रष्टाहरूले दुई–दुईवटा मुक्तक प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा रामचन्द्र शर्माले दक्षिण कोरियाको, माया गुरुङले बेलायतको, तिला लेकालीले नेपालको, खड्ग न्यौपानेले जर्मनीको र विमल पंगेनीले अमेरिकाको प्रतिनिधित्व गर्नुभएको थियो । प्रमुख अतिथि रूपक श्रेष्ठले मुक्तक विधाको ऐतिहासिक पृष्ठभूमिबारे संक्षिप्त चर्चा गर्दै मुक्तक लेखनका आधारभूत विधान र संरचनागत पक्षबारे प्रकाश पार्नुभयो । उहाँले कार्यक्रममा वाचन गरिएका मुक्तकहरूमाथि टिप्पणीसमेत गर्नुभएको   थियो ।

वाचित मुक्तकहरूमा देश तथा विश्व परिवेशका सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक विषयवस्तु अभिव्यक्त भएका थिए । विभिन्न देशमा रहेका नेपाली स्रष्टाहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रमले मुक्तक विधाको प्रवद्र्धन र अन्तरदेशीय साहित्यिक सम्बन्ध विस्तारमा सहयोग पु¥याएको आयोजकको विश्वास छ ।

अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । सभापतिको आसनबाट बोल्दै अध्यक्ष सुवेदीले आगामी दिनमा अझ स्तरीय साहित्यिक कार्यक्रम आयोजना गर्दै सिर्जना वाचनको शृङ्खलालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसपछि उहाँले कार्यक्रम समापन गर्नुभएको थियो ।