समाचार
काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा काव्य वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम कागेश्वरी पुस्तकालय परिसरमा रहेको महाकवि देवकोटा, हास्यव्यंग्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्ण कदको सालिकलाई साक्षी राखेर गरिएको थियो ।
साहित्यिक वातावरणमा आयोजित उक्त कार्यक्रममा महाकवि देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै उहाँको व्यक्तित्व, कृतित्व र नेपाली साहित्यमा पु¥याउनुभएको अतुलनीय योगदानमाथि चर्चा गरिएको थियो। कार्यक्रममा तीन पुस्ताका साहित्यिक प्रतिभा, स्थानीय साहित्यप्रेमी, अनेसासका पदाधिकारी तथा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिल तथा कागेश्वरी पुस्तकालयका अध्यक्ष कुमार खड्काको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य माननीय रामेश्वर फुयाँल प्रमुख अतिथि रहेका थिए भने त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्र लुइटेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी विशेष अतिथिहरूमा अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा अधिकारी, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, केन्द्रीय सदस्य राजेन्द्र केसी, अनेसास पुस्तक पुरस्कार समितिका पूर्वअध्यक्ष गोपी उप्रेती, अनेसास बेलायत च्याप्टरकी उपाध्यक्ष माया गुरुङ, अनेसास क्यालिफोर्निया च्याप्टरका सदस्य वासुदेव घिमिरे, नेपाल च्याप्टरका पूर्वकोषाध्यक्ष किशोर श्रेष्ठ तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज खड्काको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कागेश्वरी पुस्तकालयका पूर्वअध्यक्ष विष्णुप्रसाद फुयाँल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, बाजुराम पौडेल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का वडा सदस्य प्राणनाथ फुयाँल, समाजसेवी तथा शिक्षक राजकुमार फुयाँल, अच्युत प्याकुरेल, सुभद्रा फुयाँल, अभिकेशर वलीलगायत विभिन्न क्षेत्रका साहित्यप्रेमी तथा व्यक्तित्वहरूको सहभागिता थियो। स्थानीय साहित्यकार, अनेसास नेपाल च्याप्टरका कार्यसमिति पदाधिकारी, सदस्यहरू आजीवन सदस्य तथा विशिष्ट साहित्यकारहरूको उल्लेख्य उपस्थितिबीच पुस्तकालयका पूर्वअध्यक्ष विष्णुप्रसाद फुयाँलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले गमलामा जल अर्पण गरेर गरेका थिए । त्यस अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, आख्यान शिरोमणि रमेश विकल तथा हास्यव्यङ्ग्य शिरोमणि भैरव अर्यालका पूर्णकदका सालिकमा माल्यार्पण गरी उहाँहरूप्रति श्रद्धासुमन अर्पण गरिएको थियो । कार्यक्रमको उद्देश्य, औचित्य र महत्त्वमाथि प्रकाश पार्दै अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिलले देवकोटाको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनुका साथै साहित्यिक संस्थाहरूबीच सहकार्य र स्थानीय साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइन्। यसै अवसरमा अनेसास नेपाल च्याप्टरका तर्फबाट कागेश्वरी पुस्तकालयलाई साहित्यलगायत विभिन्न विधाका करिब १५० थान पुस्तक हस्तान्तरण गरिएको थियो। यस कार्यलाई पुस्तकालयको अध्ययन संस्कृति अभिवृद्धि र साहित्यिक सम्पदा विस्तारमा अनेसासले गरेको महत्त्वपूर्ण सहयोगका रूपमा लिइएको छ ।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले महाकवि देवकोटाका काव्यपङ्क्तिहरूलाई सुमधुर स्वरमा प्रस्तुत गर्दै उपस्थित अतिथिहरू तथा सहभागीलाई स्वागत गरेकी थिइन्। त्यसपछि सुरु भएको काव्य वाचन सत्रमा ३० जनाभन्दा बढी साहित्यकारले महाकवि देवकोटाप्रति समर्पित कविता, गीत तथा साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए। रचनाहरूमा देवकोटाको बहुआयामिक व्यक्तित्व, मानवीय संवेदना, प्रकृतिप्रेम, राष्ट्रचेतना, जीवनदर्शन र साहित्यिक उचाइका विविध पक्ष अभिव्यक्त भएका थिए ।
कविता वाचन गर्ने साहित्यकारहरूमा अच्युत प्याकुरेल, सरस्वती खड्का, द्वारिका चालिसे, शुशीला आचार्य, दिवाकर न्यौपाने, जीत कार्की, अविकेशर ओली, राजेश पोखरेल, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, शान्ति पौडेल, योगेश्वर घोरासैनी, वासुदेव पौड्याल, रत्ननिधि रेग्मी, सशिता फुयाल, पार्वती भट्ट, पुस्कर प्याकुरेल, ऋषिराम अर्याल, राजेशमान केसी, रूपा रिसाल, केवरा भट्टराई, मनिला वन्त, श्रीकृष्ण सिंखडा, डा. बद्री पोखरेल, देवकी तिमल्सिना, शोभा अधिकारी, मुरारी सिग्देल तथा प्रकाश बस्नेत ‘गफाडी’लगायत थिए। सहभागी कविहरूका प्रस्तुतिले कार्यक्रमलाई सिर्जनात्मक, भावनात्मक र साहित्यिक रूपमा थप जीवन्त बनाएको थियो ।
काव्य वाचनपछि मन्तव्य व्यक्त गर्ने क्रममा अनेसास केन्द्रीय सदस्य राजेन्द्र केसी, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, वरिष्ठ उपाध्यक्ष तारा अधिकारी, पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, पुस्तक पुरस्कार समितिका अध्यक्ष गोपी उप्रेती, अभिनव साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ तथा विशिष्ट अतिथि प्रा.डा. खगेन्द्र लुइटेलले महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्व, सिर्जनात्मक सामथ्र्य, साहित्यिक योगदान र नेपाली समाजमा उहाँले छोड्नुभएको अमिट प्रभावमाथि प्रकाश पारेका थिए। वक्ताहरूले देवकोटाका साहित्यिक सिर्जना नेपाली भाषा र साहित्यका अमूल्य निधि भएको उल्लेख गर्दै उहाँका कृतिहरूको अध्ययन, संरक्षण र प्रचारप्रसारमा सबैको साझा दायित्व रहेको धारणा व्यक्त गरेका थिए ।
