• २०८३ आश्विन १६, शुक्रबार

रोनन र समिक्षाको ‘कहिले होला’ सार्वजनिक

काठमाडौं ।

गायक रोनन सुब्बा र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको रोमान्टिक युगल गीत ‘कहिले होला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोनन सुब्बाकै शब्द तथा संगीत रहेको गीतमा देवेश राईको एरेन्जमेन्ट छ। गीतको म्युजिक भिडियो रोनन सुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लोकप्रिय निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री गरिमा शर्मा र कमल सिंहले अभिनय गरेका छन्। प्रेमिल कथावस्तुमा आधारित भिडियोमा प्रेम र सम्बन्धका भावनालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा रोशन बिकको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। गीत सार्वजनिक भएसँगै भिडियोले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।