• २०८३ भाद्र २०, शनिबार

विष्णु माझीको ‘घरबार’ सार्वजनिक

काठमाडौँ ।

लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ रिलिजको अन्तिम तयारीमा पुगेको छ । गीतको अडिओ युट्युबमार्फत सार्वजनिक भइसकेको छ भने भिडिओ छिट्टै ल्याउने तयारी छ ।

हरेक वर्ष तीज पर्वको अवसर पारेर विशेष सांगीतिक कोसेली लिएर आउने माझीका गीतको बजारमा सधैँ व्यग्र प्रतीक्षा हुने गर्छ । सार्वजनिक हुने क्रममा रहेको ‘घरबार’ गीतमा शब्द रचना तथा संगीत सुन्दरमणि अधिकारीको रहेको छ ।

अडिओले चर्चा पाउन थालिसकेको यस गीतको भिडिओ भने निर्माणको अन्तिम चरणमा छ । भिडिओमा यसअघि पनि गायिका माझीकै गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल ललिता पौडेल नै मुख्य भूमिकामा देखिने भएकी छन् ।