• २०८३ श्रावण १५, शुक्रबार

धुन हराएँ मैले

प्रेम विनोद नन्दन

प्रेम विनोद नन्दन

गाउँदा गाउँदै गीतको धुन हराएँ मैले
रात त मसँग नै छ, जून हराएँ मैले

बैगुनहरू यता पनि, छन् है उता पनि
मानिसहरूको त्यो भीडमा, गुन हराएँ मैले

बाँच्न त म बाँचेकै छु, औंला भाँचेर ‘नि
अल्लो भो यो जिन्दगानी, नुन हराएँ मैले

किनौं किन्न नसकिने, बेच्न नसकिने
फलामहरूको यो देशमा, सुन हराएँ मैले !


प्रेम विनोद नन्दन