• २०८३ श्रावण १४, बिहीबार

निर्मला नेपालको कवितासंग्रह ‘समयका पदचापहरू’ लोकार्पित

काठमाडौं ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा प्रकाशित कवि निर्मला नेपालको कविताकृति ‘समयका पदचापहरू’को लोकार्पण गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकारहरू गंगा सुवेदी, कविराज न्यौपाने, बलराम पोखरेल, गोकुल अधिकारी, दिङलाली कान्छोलगायत व्यक्तिहरूले कृतिबारे बोलेका थिए ।