समाचार
काठमाडौँ ।
सिसारले साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन गरेको ‘निर्मला बराल व्यक्ति र कृति’ लोकार्पण गरेको छ । साहित्यकार विजयध्वज थापाको अध्यक्षता तथा साहित्यकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका सभाध्यक्ष विजयध्वज थापा, प्रमुख अतिथि भागिरथी श्रेष्ठ, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, गायक लोचन भट्टराई, बराल पुत्रहरू – निरज र धिरज लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् । लघुकथाविद् लता केसी ‘लघुकथा अभिभावक’ का अनुसार कार्यक्रममा डा. सत्यराज थपलियालाई सिसारबाट सम्मान अर्पिएको थियो ।
कृतिमा उनको जीवन भोगाइ, सङ्घर्ष जस्ता विविध विषय समेटिएको छ । बालकथा, लघुकथा जस्ता साहित्यको विविध विधामा उत्तिकै कलम चलाइरहेका बरालले ७२ वर्षको उमेरमा नातिनीसँगै १२ कक्षा पास गरेकी थिइन् ।
