• २०८३ जेष्ठ ९, शनिबार

‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार शर्मालाई प्रदान गरिने

काठमाडौँ  ।

युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय युगकवि सिद्धिचरण प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानले नगद एक लाख रुपैयाँको सो पुरस्कारसहित सम्मान गरिने आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो । युगकवि श्रेष्ठको साहित्यिक तेज तथा सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन एवं उल्लेखनीय योगदान पु¥याउने अग्रणी साहित्यकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

यस पुरस्कारका लागि प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा गठित पुरस्कार छनोट उपसमिति गठन गरिएको थियो । जसमा सदस्यका रूपमा प्रा.डा. अभि सुवेदी र प्रा.डा. उषा ठाकुर रहेका छन् । युगकवि श्रेष्ठको जन्म विसं १९६९ जेठ ९ गते भएको थियो भने उनको निधन विसं २०४९ जेठ २२ गते भएको थियो ।