• २०८३ बैशाख ३१, बिहीबार

‘काजी’को ‘वारी बर पारी पिपलु’ गीत सार्वजनिक

काठमाडौं ।

अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’ को पहिलो गीत ‘वारी बर पारी पिपलु’ बिहीबार सार्वजनिक गरिएको छ । गीत काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत युट्युबमा रिलिज गरिएको हो ।

गाउँको परिवेशमा छायांकन गरिएको गीतमा विपिन कार्की र केकी अधिकारीलाई मौलिक गाउँले पहिरनमा देख्न सकिन्छ । गीतमार्फत उनीहरूबीचको निस्वार्थ प्रेम, आत्मीय सम्बन्ध र ग्रामीण जीवनका संघर्षका दृश्य प्रस्तुत गरिएको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, हिउँवाला गौतम, विनोद न्यौपाने, रश्मी भट्ट, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, दीक्षिता अर्याल र कृतिका शर्मालगायत कलाकारको अभिनय रहेको छ । चलचित्र जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।