समाचार
काठमाडौं ।
नेपाली साहित्यमा महाकाव्य, खण्डकाव्य, कवितासहित विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार माधव वियोगी (माधवप्रसाद घिमिरे) लाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले साहित्यकार वियोगीलाई सम्मानित गर्ने जानकारी गराएका छन् । सम्मानसहित नगद १० हजारसमेत प्रदान गरिने जनाइएको छ ।
