• २०८२ चैत्र ११, बुधबार

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ विमोचित

काठमाडौं ।

लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा पुस्तक लोकार्पण गरिएको हो । लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।

लेखक रिजालले कर्णालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए । “कर्नालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्न्या नैयाइ नैयाइ कथा दिया,” उनले भने, “मेरा लेखनका स्रोत अपठित कर्णालीका मान्ठहरूले सुनायाका श्रुतिसामाग्री हुन् । म लेख्य साहित्यका पूरा कितापमा नभेटिन्या गइला दर्शन कर्नाली लोकसाहित्यका हरफ हरफमा भेटाउँछु ।”

उनले नेपाली भाषा, सभ्यता र संस्कृतिको मूलथलोका रूपमा कर्नालीको महत्व औँल्याए । कर्णालीको लोकसाहित्यमा समाज, संस्कृति र इतिहासका गहिरा पक्षहरू समेटिएको बताएको प्रकाशक नेपालयले प्रेस नोटमा उल्लेख गरेको छ । २५० पृष्ठको ‘पैकेलो’को मूल्य ५७५ रुपैयाँ रहेको छ ।