• २०८२ चैत्र ६, शुक्रबार

यस्तो बन्न पर्छ देश

दीपा शाही रावत

दीपा शाही रावत

हराभरा मेरो देश
पहाड तराइ हिमाल
सबै उस्तै सुन्दर
हिँउझैँ फूलेको हिमाल
खुलेको चन्द्रमा झैँ
हाम्रो देश
अन्त्य हुनुपर्छ भ्रष्टाचारको
बेथिति र अपहेलनाको

रोकिनु पर्छ
हत्या र बलात्कार
केही जस्तै
एकादेशको कथा जस्तै
वारपार नहोस् देशभित्र
छैनन् हाम्री चेली र आमा
आफ्नै देश भित्र
बन्नु पर्छ कानुन
बलात्कारी र हत्यारालाई
सोझै फासी दिने
ठप्प भएका
कलकारखाना फेरि सुरु हुनुपर्छ
उधोग खुल्नपर्छ

बेचिएका खाडीमा
युवाको रगत पसिना
बेचिएको रेमिटेन्सको
सदुपयोग राम्रो हुनुपर्छ
एका देशको नहोस्
कहानी झैँ हाम्रो देश
मौलाएका भ्रष्टाचारका
सबै ठाउँ
रोपिउन् बिउबिजन
सद्ज्ञानका
सद्भावका सदाचारका
यस्तो बन्नुपर्छ
मेरो देश अब
अन्त्य हुन पर्छ
संस्कार र संस्कृति
बनेका विकृति ।


दीपा शाही रावत, कैलाली