समाचार
दाङ ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते शनिबारको दिन स्रष्टा सम्मान,साधारण सभा, साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ । २०८२ सालको पुरस्कार प्रदानको लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ’समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई चयन गरिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङमा विभिन्न व्यक्तिहरूले स्थापना गर्नुभएका चारवटा पुरस्कारहरू रहेका छन् ।
प्रतिभा छनोट समिति सिफारिस गरेको स्रष्टाहरूलाई पुरस्कृत गर्ने, २/३ जना अग्रज श्रष्टालाई विगतका वर्षहरूमा झैँ सम्मान गर्ने, साधारण सभा तथा साहित्यिक कार्यक्रम गर्ने कुरा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मी बताउनुभयो । शाखाका अध्यक्ष यम रेग्मीले विगतका वर्षहरूझैँ यस वर्ष पनि स्रष्टा सम्मान, साधारण सभा तथा साहित्यिक कार्यक्रम भव्य रूपमा आयोजना गरिने जानकारी दिनुभयो ।
