समाचार
घमण्डले मान्छेलाई भीरमा चढाउँछ
अनि धकेलेर आखिर चिता चढाउँछ
केही पल मायाको अँगालोमा बसेर हेर
मुटुलाई आनन्दको सगरमाथा चढाउँछ
दुनियाँमा अरू थोक हेर्न बाँकी रहँदैन
जब आमाले सन्तानलाई काँधमा चढाउँछ
नेताले जनतालाई चढाउनु पर्ने होइन र ?
यहाँ जनताले नेतालाई माला चढाउँछ
तिमी अरूको बलि चढाउँछौ मन्दिरमा
यो कविले आफ्नै कविता चढाउँछ ।।
विद्यानन्द बेदर्दी
अग्नीशाईर कृष्ण-सवरण- ४, सप्तरी