कला–रङ्गमञ्च
काठमाडौँ ।
साहित्य र समाजसेवामा समर्पित संस्था नेपाली शिक्षा परिषद्को साधारणसभा सम्पन्न भएको छ । परिषद्का सदस्यसचिव लक्ष्मण थापाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष शंकरप्रसाद पाण्डेले पेस गरेको आर्थिक प्रतिवेदन सभाबाट पारित गरिएको छ ।
परिषद्की अध्यक्ष साहित्यकार रमा शर्माले संस्थाले गर्दै आएका कामबारे जानकारी गराउँदै वर्तमान समयमा सबैको साथ, सहयोग आवश्यक रहेको बताइन् । ००८ सालमा स्थापित परिषद्ले ७५ वर्ष पुगेको अवसरमा ०८२ मा हीरक महोत्सव मनाउने घोषणा गरेको छ । उक्त अवसरमा विभिन्न कार्यक्रम गरिने अध्यक्ष शर्माले जानकारी दिइन् ।
