• २०८२ माघ १६, शुक्रबार

गीतकार ललिता ‘दोषी’ को ‘आयो नयाँ पालुवा’ सार्वजनिक

काठमाडौँ ।

साहित्यकार ललिता ‘दोषी’ को बालगीत ‘आयो नयाँ पालुवा’ सार्वजनिक भएको छ । आश्मा अर्यालको संगीत रहेको बालगीतमा श्रेयदित क्षेत्रीको आवाज भरेका छन् । उनको बालस्वरले गीतलाई अझै जीवन्त बनाएको छ। गीतको एरेन्जमेन्ट राम कार्कीले गरेका छन् ।

बालसंसार डटकमले सार्वजनिक गरेको गीतमा बालबालिकाको मनोविज्ञान, कल्पनाशीलता र सकारात्मक सोचलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले नयाँ सुरुवात, आशा र उत्साहको सन्देश बोकेको छ । सरल, मिठासपूर्ण र बालमैत्री शब्द तथा धुनले गीतलाई बालबालिकाका लागि सजिलै गुनगुनाउन मिल्ने बनाएको छ ।

बालसंसार डटकमले बालसाहित्य, बालगीत, बालकथा र सिर्जनात्मक सामग्री मार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुरयाउँदै आएको छ । गीतले बालबालिकालाई प्रकृति, नयाँ उमंग र सकारात्मक परिवर्तनप्रति आकर्षित गर्ने विश्वास गरिएको छ । डिजिटल प्लेटफर्म युट्युब र फेसबुक मार्फत सार्वजनिक गरिएको यस गीतलाई बालबालिका, अभिभावक तथा शिक्षकहरूले समेत रुचाउने अपेक्षा गरिएको छ ।