समाचार
काठमाडौँ ।
दबुलि नेपालले नेपाली साहित्यका चार वरिष्ठ व्यक्तित्वहरूलाई सम्मान गरेको छ । चार दशकदेखि सिर्जनारत तिर्थ श्रेष्ठ, सूर्यप्रसाद लाकोजू, अभय श्रेष्ठ र रत्न प्रजापतिहरूलाई सम्मान गरिएको हो । स्रष्टाहरूलाई दबुलि नेपालले ‘तेजकृष्ण नानिमाया लुमन्ति हना’ बाट सम्मानित गरिएको हो । स्रष्टाहरूलाई आफ्नो मातृभाषाका साथै नेपाली भाषामा सिर्जना कर्म गर्दै साहित्यमा उल्लेखनीय योगदान पु¥याएबापत स्रष्टाहरूलाई सम्मान गरेको हो ।
चार स्रष्टालाई नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, चान्सलर मल्ल के सुन्दर र भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले ढाका टोपी, दोसल्ला र कदरपत्रले सम्मान गरेका हुन् ।
उक्त समारोहमा सस्कृतिकर्मी, साहित्यकार एवं कलाकार गणेशराम लाछिका चार पुस्तकको लोकार्पण भएको छ। लाछिका “हेङ्ग्वाः जुम्ह मनु“उपन्यास, “कयता तंम्ह नेवा“ , सिक्किम “यात्राको सेरोफेरो“ र “अमूर्त सम्पदाभित्र“ लोकार्पण भएको छ ।
