• २०८२ मंसिर ५, शुक्रबार

हिंसा

रुपा रिसाल

रुपा रिसाल

सत्यनिष्ठा लुकेर शनिको दशामा
अँध्यारो कालकोठरीको छाँयामा
जुवाका खालमा पासा पल्टाएर
दौपदीको चीरहरण हुँदै सभामा ।

जुवाका खालमा बाजी मार्दैछन्
दुर्योधनका घमण्डले चुलिएको
अहमताले भरी मस्तिष्का शिरामा
कुचेष्टाले कुत्कुत्याएका ढोङ्गहरू
निर्लज्ज फटाहा दुशासनको हात
थरथर काम्न नसकेको समयमा
अबोध नारीको विलौना शून्य भो
राज्य सत्ता र अभिमानीको जड
हारगुहारमा उनै कृष्णको लीला
कलियुगको अन्त्यमा जन्मनै पर्छ
नारी र धर्तीको रक्षाको खातिर ।

दुर्बल नारीको अस्मिता लुट्नेले
दुष्कर्मको परिणाम भोग्नै पर्छ
निशस्त्र स्त्री माथिको अत्याचारमा
दुष्ट आचरणको कुकर्म भण्डाफोर
आत्म रक्षाकबच बोकी
जागरुक बनुँन् उनै छोरी, बुहारी र धर्ती
राज्यका लागि बदनामी नहुन ती
प्रकृतिको सतित्त्वमा जागरुक बनि
बादलका घेरामा पानी झैं चोखो
नारीको अस्तित्त्व पेसेवरका खालमा
कहिल्यै भोग्न नपरोस् हिंसा जालमा ।


रुपा रिसाल