• २०८२ कार्तिक १९, बुधबार

स्वातीभाटको ‘बेलीचमेली’सार्वजनिक

काठमाडौँ ,

‘बेलीचमेली’ बोलको गीत सार्वजनिक गरिएको छ गीतमा स्वातीभाटको मुख्य स्वर, विनोद ढकालको रयाप तथा निशाद चन्द्राको सङ्गीत संयोजन रहेकोछ । गीतको मिक्स–मास्टरिङ बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनी भनन आनन्दन मुम्बईले गर्नुभएको हो ।

गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको अभिनय रहेको छ । उहाँलाई राज टाइगर, विन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिनुभएको छ ।

कविराज गहत राजको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पललाई एउटा फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ श्वेताले उहाँको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कौतूहलता जगाउँछ ।सुरेश जोशी प्रस्तुतकर्ता रहनुभएको गीतको भिडियोमा सुदीप बरालको छायाङ्कन, बन्दे प्रसादको सम्पादन र रेनिस फागोको कलर रहेको छ ।