• २०८२ मंसिर ७, आईतवार

साहित्यकार माधव काफ्लेका तीन कृति प्रकाशित

काठमाडौं ।

रौतहटको चन्द्रपुरलाई कर्मक्षेत्र बनाएर लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशील साहित्यकार माधव काफ्लेका तीन कृति प्रकाशित भएका छन् । काफ्लेको कविताकृति ‘मोक्षान्त पीडा सही’, संस्मरणसंग्रह ‘कस्तो कुरुप हर्ष’ र साहित्यकार मनु ब्राजाकी केन्द्रित स्मृति निबन्धसंग्रह ‘वासन्ती यायावर’ प्रकाशित भएको हो ।

‘वासन्ती यायावर’ रचना प्रकाशनले प्रकाशित गरेको हो भने अरू दुई कृति सुशील स्मृतिगृह, चपुरले प्रकाशित गरेको हो । काफ्लेका यी तीन सहित १० कृति प्रकाशित छन् ।