हिन्दी कविता

भरेर घमण्डको घडा
चुलाएर अहँकारको पहाड
र, ठडाएर दम्भको स्तम्भ
कसरी पाइन्छ शान्ति ! ?
कसरी प्राप्ति हुन्छ समृद्धि ?
र, कसरी भेटिन्छ सफलता ?
महासय !
घमण्ड, अहँकार र दम्भले
आफैलाई त्यसैगरी खोक्रो पारिरहन्छ
जसरी माकुराको बच्चाले
आफ्नै आमालाई
भित्रभित्रै खाएको थाहै हुन्न ।
दिव्य गिरी