• २०८२ आश्विन २१, मंगलवार

कमला न्यौपानेको ‘चखेवा जोडी’ सार्वजनिक

काठमाडौँ ।

गीतकार कमला न्यौपानेको नयाँ गीत ‘चखेवा जोडी’ सार्वजनिक गरिएको छ । दसैँको अवसर पारेर सार्वजनिक गीतमा न्ह्यू बज्राचार्यको संगीत, प्रज्वल लामाको संगीत संयोजन रहेको छ ।

गीतमा स्वर गायिका इन्दिरा जोशीले दिएकी छन् । प्रेमकथा व्यक्त गरिएको गीतको भिडियो पनि बनेको छ । जसमा कमल सिंह र बिना राउत प्रेम र रोमान्स देखाइएको छ ।

केशव राज भट्टको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।