समाचार

काठमाडौँ ।
‘भर्खरै कलिलो बैंश चढेको बेला
कस्तो कस्तो मान्छे भेट हुनी होला
म त १७ टेकेकी नानी
त्यो मान्छेले छाडा बोल्यो शरम नमानी’
कृष्ण केसीको संगीतमा नयाँ गीत ‘त्यो मान्छेले छाडा बोल्यो…’ युट्युबमा सार्वजनिक भएको छ । यो डान्सिङ ट्रयाकमा समीक्षा अधिकारीको स्वर छ । केसीको शब्द तथा संगीत रहेको गीतमा योगेशकाजीको एरेन्ज छ ।
आफ्नो मन स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक गीतमा मनोज परियारको मिस्टिङ तथा मास्टरिङ छ । भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् ।
रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको भिडियोमा खुसी कार्की र रोशन विश्वकर्मासहित कोरस कलाकारले नृत्य गरेका छन् । तपाईंलाई रोमान्टिक र कर्णप्रिय गीतमा रुचि छ भने यो गीत उपयुक्त हुनसक्छ ।