कविता

काठमाडौं ।
नेपाल साहित्यिक पत्रकार संघले १९औँ स्थापना दिवसको अवसरमा दुई साहित्यिक पत्रकारलाई सम्मानित गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ‘विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’ ‘हाम्रो पुरुषार्थ’ साहित्यिक पत्रिकाका सम्पादक शशी पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’ ‘भोजपुरिया माटी’ पत्रिकाका सम्पादक रामप्रसाद साहलाई प्रदान गरे ।
कार्यक्रममा प्रमुख अतिथि राईले साहित्यिक पत्रकारिताले सर्जकहरू उत्पादन गर्न खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा समालोचक ईश्वरचन्द्र ज्ञवालीले संघले साहित्यिक पत्रकारिताको विकासमा पु¥याएको योगदानको चर्चा गरे । पत्रकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रवद्र्धनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले साहित्यिक पत्रकारितालाई राज्यले जति उपेक्षा गरे पनि आफ्नै बलबुताले टिकेको बताए ।