• २०८२ आश्विन २७, सोमबार

मोडर्न कन्या कलेज बानेश्वरले विशेष कार्यक्रम गरी २१२ औँ भानु जयन्ती मनायो

काठमाडौँ ।

मोडर्न कन्या कलेज बानेश्वरमा आयोजित २१२ औँ भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न गरिएको छ। डा. रामप्रसाद दाहालकोअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार प्रमुख अतिथि रहनु बहेको थियो। विभिन्न कवि, लेखक, पत्रकार समीक्षकहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न गरिएको थियो ।

वरिष्ठ कविहरु शैलेन्द्र साकार, ठाकुर शर्मा, कृष्ण बाउसे, रन्जना निरौला, निर्मल पराजुली, ज्ञानेन्द्र भट्टराई विजयध्वज थापा, मुकुन्दराज दाहाल, सुवास पाण्डे, कोपिला कोइराला, छात्रा कविहरु पूजा लामिछाने जमुना बस्नेत गङा केसी रेनुका कडेल कल्पना कटुवाल लगायतले कविता वाचन गरेका थिए । साथै भानुको बारेमा वरिष्ठ साहित्यकार रामप्रसाद पन्त, कलाधर काफ्ले, वरिष्ठ पत्रकारहरू कल्पना शर्मा, बेञ्जु सरोज प्रिन्सिपल सविन पोख्रेल र वरिष्ठ सहित्यकार डा. रामप्रसाद दाहालले प्रकाश पार्नु भएको थियो ।

मोडर्न कन्या कलेज बानेश्वरमा सम्पन्न उक्त कार्यक्रममा भानु सम्बन्धि कविता वाचन तथा रामायण तथा भानुभक्तको जीवनी बारे पनि प्रकाश पारिएको थियो ।