• २०८२ कार्तिक १३, बिहीबार

आशान्त शर्माको ताराहरू’को गीत सार्वजनिक

काठमाडौँ ।

कलाकार आशान्त शर्माले निर्देशन गरेको फिल्म ’ताराहरु’को गीत सार्वजनिक भएको छ । फिल्मको ’कुन बाटो जाम त’बोलको रमाइलो शैलीको गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा कलाकार आशान्तसँगै अभिनेत्री मेनुका प्रधान, कुन्दुन शाक्यलगायत थुप्रै कलाकार नाच्दै गरेका अवस्थामा देखिन्छन् । यो फिल्मको कथा आशान्तले नै लेखेका हुन् । गोपिनी शेढाईंको निर्माणमा तयार भएको यो फिल्मलाई सरद महत्त्वले खिचेका हुन् भने फिल्मको सम्पादन बिनोद पाण्डेले गरेका हुन् । विपिन स्थापितले फिल्ममा साउन्ड डिजाइनको काम गरेका हुन् ।

भदौ ६ देखि प्रदर्शनमा आउने यो फिल्मको सार्वजनिक गरिएको यो गीतमै पनि संघर्षरत कलाकारको सपना देखाइएको छ । व्यवसायसँगसँगै आफ्ना रहरहरु पूरा गर्न हिँडेको एक व्यक्तिको कथा फिल्ममा समावेश गरिएको छ । फिल्ममा मेनुका र कुन्दुनसँगै आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, पुष्कर गुरुङ, राजकुमार पङ्गेनी शर्मा, प्रमोदकुमार यादवलगायत थुप्रै कलाकारको अभिनय छ ।