• २०८२ आश्विन ७, मंगलवार

रोल्पामा ३०औँ राष्ट्रिय (एसियास्तरीय) बालसाहित्य सम्मेलन हुने

काठमाडौँ ।

नेपाल बालसाहित्य समाजको आयोजनामा आगामी मङ्सिर १८ र १९ गते रोल्पाको सदरमुकाम लिबाङमा ३०औँ राष्ट्रिय (एसियास्तरीय) बालसाहित्य सम्मेलन आयोजना हुने भएको छ ।

यस पटकको सम्मेलन एसियास्तरमै पहिलोपटक आयोजना हुन लागेको र जसमा नेपालसहित एसियाका ७ देशका प्रतिनिधिको सहभागिता रहने बताइएको छ । सम्मेलनको तयारीका लागि स्थानीय मूल आयोजक समिति गठन भई आवश्यक व्यवस्थापनका कामहरू अघि बढाइएको स्थानीय मूल आयोजक समितिका संयोजक डीबी टुहुरोले जनाएका छन् ।

समाजका अध्यक्ष विजयराज आचार्य लिबाङ पुगेर गत सोमबार स्थानीय आयोजसहित पत्रकार सम्मेलन गरी सम्मेलनको पोस्टर सार्वजनिक गरेका थिए । स्थानीय संयोजक डिबी टुहुरोले प्रेस वक्तव्य जारी गरी सम्मेलनबारे प्रकाश पारेका थिए । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारको विशेष उपस्थिति रहेको थियो ।