• २०८२ भाद्र २९, आईतवार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तीन राष्ट्रिय पुरस्कार घोषणा

काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा योगदान दिने स्रष्टाहरूलाई प्रदान गरिने तीन राष्ट्रिय पुरस्कारको घोषणा गरेको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ काव्यतर्फ कवि सोझो गाउँले (भरतबहादुर भण्डारी) नाटकतर्फ नाटककार किरण चाम्लिङ राई लाई प्रदान गरिनेभएको छ त्यसैगरी ‘शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार’ प्रा. डा. विणा पौड्याललाई र ‘युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रा. डा. देवीप्रसाद नेपाललाई प्रदान गरिनेछ ।

यी सबै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ तोकिएको छ। मन्त्रालयले स्रष्टाहरूको योगदानको कदरस्वरूप यी पुरस्कार प्रदान गर्दै आएको हो । पुरस्कार वितरण कार्यक्रम चाँडै आयोजना गरिने बताइएको छ ।