कहानी– हिन्दी

ढोका ढक्क ढक्क ढकढकाएको आवाज आयो । जुरुक्क उठे भित्री ढोका खोलेर फलामे ढोका खोल्दै के थिए, एकहुल हतियार धारी भित्र पसे र भने, हामी तलाई लिन आएको ल हिँड । मैले के गरे र कहां ? किन जाने ? मेरो प्रश्न भुईमा खस्न नपाउदै भने, कहाँ किन को उत्तर छैन । हिजो बेलुका कहाँ कहाँ लाइक कमेन्ट गरेको थिइस ? तलाई थाहा छैन ? खुरुक्क हिँड भन्दै मेरो हातमा हतकडी लगाए र झ्याइँकुटी पार्दै भरेङबाट तल खसाल्न खोज्दै थिए, मेरो खुट्टा ग्रिलको ढोकामा अल्झिएर लरबरियो र झसङ्ग भएर बिउझिएँ ।
ओहो कति नमिठो र अत्यास लाग्दो सपना ! हिँउदको चिसो रातमा पनि जिउ पसिनाले लफ्रक्क भिजेको थियो । परेवाले जस्ताको छानामा करयाङ करयाङ पार्दैथिए ।
सरकारलाई सामाजिक सञ्जालले अराजकता निम्त्याएको, सामाजिक सदभावमा खलल पुरयाएको, समृद्धिको बाधक र सरकार सञ्चालनका लागि अफापसिद्ध भएको भन्ने लागेकोले नचाहँदा नचाहाँदै बाध्य भएर राती अबेर बसेको मन्त्रीपरिषदको बैठकको निर्णयले सामाजिक सञ्जाललाई अनिश्चितकालिन रोक लगाउने निर्णय गरेको छ । रेडियो बिहानको ६ः३० बजेको समाचार फलाक्दै थियो ।
चेतन काफ्ले