Uncategorized

काठमाडौँ ।
बालगायिका परिधी खतिवडाको बालगीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा कक्षा ४ अध्ययनरत परिधीको स्वरमा रहेको उक्त गीतका उनकै पिता प्रमोद खतिवडाले लेखेका हुन् ।
सडक विभागमा कार्यरत गीतकार इञ्जिनियर प्रमोद पेशाले प्राविधिक हुन् । यसअघि पनि उनले विभिन्न भावभूमिका गीत लेखेका छन् । गीतमा सविन लिम्बूको संगीत र एरेञ्जमेन्ट र ‘गुरुभाइ फकीर’ को निर्देशन रहेको छ । भिडियोमा परिधीको विद्यालय र काठमाडौं वरिपरिका रमणीयस्थलमा छायांकन गरिएको छ ।
गीतमा देशप्रतिको माया र सामाजिक सद्भाव समेटिएको छ। यस गीतले बालबालिकामा देशप्रतिको माया र सद्भाव जगाउने छ । यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन् । गीत ‘घरकी फूलबारी’ एबचष्मजष् प्जबतष्धबमब युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।