समाचार

नियात्राकार इल्या भट्टराईका नियात्रा कृतिहरु लफबराको वरिपरि, युरोप नौलो परिवेश, म साँच्चिकै हराइछु, दक्षिणायन र मिसरको समीक्षा कार्यक्रम सम्पन्न भयो ।
महिला साहित्य समूहको नियमित मासिक कार्यक्रमको रुपमा सो कार्यक्रम लेलेमा सम्पन्न भएको हो । साहित्यकार रिता खत्रीको संयोजनमा सम्पन्न सो कार्यक्रममा नियात्राकार इल्या भट्टराईको उल्लिखित कृतिहरुको परिचर्चा (समीक्षात्मक टिप्पणी) नियात्राकार रन्जु दाहालले गर्नु भएको थियो । भट्टराईको दक्षिणायनले २०७५ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गरेको थियो ।
कार्यक्रममा विभिन्न स्रष्टाले कविता, मुक्तक र गजल वाचन गर्नु भएको थियो भने मनकामना मन्दिरको दर्शनसमेत गर्नु भएको थियो ।
कार्यक्रममा गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, साहित्यकारहरु भागीरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, गंगा कर्माचार्य पौडेल, ललिता दोषी, डा. यादेवी ढकाल, उर्मिला डंगोल, विजया बस्नेत, शान्ति पौडेल, निशा के.सी., रश्मि रिमाल, दुर्गा भवावी भट्ट, रुपा रिसाल, क्रान्ति पराजुली, जुमन किरण, मन्दिरा मधुश्री, उषा के. सी., यशोदा अधिकारी, निर्मला फककुयाल, सविता अधिकारी, शमशेर बहादुर न्हुछें प्रधान, राज रजक लगायतको उपस्तिथि थियो ।