English Poem
काठमाडौँ ।
जीवा लामिछानेको अन्टार्कटिकाको यात्रा संस्मरण पुस्तक अक्षत अन्टार्कटिकाले उत्तम शान्ति पुरस्कार प्राप्त गरेको छ । उद्यमी तथा लेखक लामिछानेको पुस्तक अक्षत अन्टार्कटिकालाई उत्तम कुँवर स्मारक पुरस्कार गुठीले पुरस्कार दिने घोषणा गरेको हो । आइतबार एक विज्ञप्तिका जारी गरेर सो जानकारी दिएको हो ।
गुठीका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको नेतृत्वमा पुरस्कार चयन समितिले हिमप्रदेशको रोमाञ्चक यात्रा वृतान्तमार्फत पर्यावरणलाई सशक्त रुपमा बहसको विषय बनाउन सफल भएकोले लामिछानेको नियात्रा अक्षत अन्टार्कटिकालाई २०८१ को सर्वश्रेष्ठ गैरआख्यान कृतिका रुपमा उत्तम शान्ति पुरस्कार समर्पित गर्ने निर्णय गरेको जनाइएको छ । गुठीले २०४४ सालदेखि एक लाख राशीको उत्तम शान्ति पुरस्कार दिँदै आएको छ ।
