समाचार
काठमाडौँ ।
‘रावासावा प्राज्ञिक समाज, नेपाल’ ले ‘रावासावा पुरस्कार तथा सम्मान–२०८२’ को घोषणा गरेको छ । जुम मार्फत सम्पन्न पत्रकार सम्मेलनबाट उक्त कुराको घोषणा गरिएको हो ।
‘रावासावा प्राज्ञिक समाज, नेपाल’ले बबिता बस्नेत, तेजबहादुर राई, देवराज कटुवाल र गंगा राई ‘कान्छी’ लाई ‘रावासावा सम्मान’ अर्पिने भएको छ । त्यस्तै टीका चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार’ र गोकुल परियारलाई ‘रावासावा कमलाभक्त साहित्य पुरस्कार’ अर्पिने निर्णय गरेको छ ।
सम्मान घोषित चार व्यक्तित्वलाई सम्मानपत्र तथा दोसल्लाको साथ सम्मान अर्पिने भएको छ । ‘रावासावा पुरस्कार’ पुरस्कारबाट चाम्लिङ र परियारलाई जनही २५ हजार रूपैयाँ नगद राशिको साथ पुरस्कार अर्पिने भएको छ ।
