समाचार

काठमाडौं ।
हाम्रो लघुकथा केन्द्रले साधारण सभा र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई लघुकथा केन्द्र सम्मान-२०८१ बाट रु एघार हजार एक सय एघार, दोसल्ला, खादामाला र सम्मानपत्र सहित सम्मान प्रदान गरेको छ ।यसैगरी साहित्यकार संस्थापक सदस्य नेपाली साहित्य समाज, उर्लाबारी मोरङका दिलिप राई ‘सगर’ लाई योगनाथ बास्तोला लघुकथा सम्मान-२०८१ नगद रु पाँच हजार एक सय दोसल्ला र सम्मानपत्रसमेत प्रदान गरेको छ ।
संस्थाकी अध्यक्ष लता के. सी. को अध्यक्षता, साहित्यकार अशेष मल्लको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथि प्रा. डा. भरत भट्टराई तथा डा. विदुर चालिसे रहेका थिए । सम्मानित स्रष्टाहरूलाई सम्मानपछि मन्तव्यको कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सहसचिव मिना पौडेल ‘वियुन्स’ले गरेकी थिइन् । स्वागत मन्तव्य कोषाध्यक्ष सत्या अधिकारीले गरेकी थिइन् । पहिलो चरणको कार्यक्रम समापन लता के. सी. ले गरेकी थिइन् । संस्थाको आजीवन सदस्य लगायत ६० जना अन्य साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा संस्थाका अध्यक्ष लता के.सी.ले नयाँ कार्यको प्रस्तावना, सचिव रामराजा के. सी.ले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष सत्या अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।