बसन्तबेला

मात लागेको छ अहिले बोली लाग्न सक्छ ।
आज मात्र भनेको कुरा भोलि लाग्न सक्छ ।
बजारमा बसेका छौ भीड देखि न आत्तिनु,
मेला लाग्नै आंट्यो अब भाउ लाग्न सक्छ ।
हजारौंको भीड छ अहिले नचिन्न सक्छौ मलाई,
आंगन खाली हुन्छ जब झल्को लाग्न सक्छ ।
थोरै भए पनि चित्त बुझाउनु मन्दी चलेको छ,
शराब छल्के पछि मुनाफा लाग्न सक्छ ।
खरिददार निकै देख्छु के छ भाउ दर,
मायाको यो बजार पनि सुख्खा लाग्न सक्छ ।
मात लागेको छ अहिले बोली लाग्न सक्छ ।
आज मात्र भनेको कुरा भोलि लाग्न सक्छ ।
ध्रुब प्रसाद घिमिरे ‘दीप’
सु.न.पा.-१,भक्तपुर ।