समाचार

सिर्जनाले मनोरम भावको मुक्तक आफ्नो फेसबुक पेजमा पोस्ट गरेकी थिई ।
मैले कमेन्ट गरेंछु- ‘सुन्दर सिर्जना ।’
भोलिपल्ट क्लासका साथीहरूले जिस्क्याएर रुनु कि हाँस्नु पारे ।
केटीहरूले उसलाई पनि जिस्क्याएछन् ।
डेरामा फर्केपछि कमेन्ट डिलिट त गरें तर त्यो मेटिने कुरा थिएन ।
सिर्जना र म स्कुलदेखिकै साथी हौं ।
त्यसले मलाई अरु त खासै फरक परेन; सिर्जना भने बोलाउँदा पनि बोल्न छाडी ।
-ईश्वर पोखरेल
बोझेपोखरी, ललितपुर