• २०८१ माघ २ बुधबार

कुमारी लामाको दज्र्यु संलापमाथि हेटौँडामा विमर्श सम्पन्न

मकवानपुर, हटेौँडा ।

सुशासन कायम गर्ने बेग्लै निकाय हुँदाहुँदै लेखकले प्रश्न मात्रै उठाउने हो वा समाधान पनि गर्ने हो ? भन्ने सवालमा जवाफ दिँदै लामाले प्रश्न उठाउनु आवश्यक छ तर लेखकको काम महापण्डित बन्नेचाहिँ होइन भन्दै कुमारी लामा र प्रस्तुतकर्ता निमेष निखिलबिच वार्ता सुरू भयो ।

निबन्धकार लामाको निबन्ध सङ्ग्रह दज्र्यु संलापमाथि हेटौँडामा विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समीक्षक निमेष निखिलका सवालमा निबन्धकार लामाका जवाफमार्फत् निबन्धले लिँदै गरेको मोड, लेखन अभ्यास र उठाइएका विषयवस्तुमाथि बहस गरियो ।

६० को दशकदेखि पढ्दै आएकोमा लामाका लेखन पठनपश्चात् स्वच्छन्दतावादी निबन्धकारका रूपमा लिएको समीक्षक निखिलले बताउँदै गर्दा लामाले महिला अनि तामाङ समुदायका विषयमाथि उठाएका विषयवस्तुमार्फत् दाबी गरिएको बताउनुभयो ।

आफ्नै समुदाय तथा पृष्ठभूमिका पात्रहरूलाई कृतिमार्फत् उठान गर्नुको कारणबारे सोधिएको सवालमा लामाले आफू हुर्केको पृष्ठभूमिमा रहेका भुइँमान्छेहरूको विद्रोहका विभिन्न तरिकाहरूलाई निबन्धात्मकरूपमा ल्याउँदा अझै फराकिलो दायरा बन्न गएको उहाँले जानकारी दिनुभयो ।