• २०८१ माघ ९ बुधबार

हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्रा. डा. दीर्घराज घिमिरेलाई

काठमाडौँ ।

अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार दर्शनशास्त्रका ज्ञाता प्रा. डा. दीर्घराज घिमिरेलाई प्रदान गरेको छ । पूर्वीय दर्शन र दर्शनशास्त्रका विभिन्न क्षेत्रमा सक्रिय घिमिरेलाई शनिबार जोरपाटीस्थित भैरव स्मृति भवनमा आयोजित कार्यक्रमा समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार उनलाई प्रदान गरेको हो । संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङले प्रा. डा. घिमिरेलाई सो पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कारको राशि ३० हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ। समाजको दुई सय ७३औँ मासिक साहित्यिक शृंखलाका अवसरमा कवि एवं कवयित्रीहरुले आआफ्ना रचना पाठ पनि गरेका थिए ।