• २०८१ माघ ९ बुधबार

साहित्यिक पत्रकार संघले विश्वव्यापी खुल्ला ‘आरुष-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता २०८१’ आयोजना गर्ने

साहित्यिक पत्रकार संघले विश्वव्यापी खुल्ला आरुष-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । सो प्रतियोगिताका लागि संघले निबन्ध आह्वान गरेको छ ।
निबन्धको विषय-सन्दर्भः निबन्ध देशप्रेमबारे चेतना जगाउने खालको हुनुपर्नेछ ।

प्रतियोगितामा भाग लिन रचना पठाउने नियम यस प्रकार छन्ः
१. निबन्ध इमेलमार्फत पठाउनु पर्नेछ । निबन्ध कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र टाइप गरिएको हुनुपर्ने छ । email:[email protected]
२. प्रतियोगितामा २५ वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउनेछन् ।
३. निबन्ध अप्रकाशित हुनुका साथै शब्द सङ्ख्या १६०० को भित्र हुनुपर्नेछ ।
४. कुनै पनि राजनीतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता निबन्धहरू स्वतस् अस्वीकृत हुनेछन् ।
. एकजना निबन्धकारले एउटा मात्र निबन्ध पठाउन सक्नेछ । एकभन्दा बढी निबन्ध आएमा सबै निबन्ध स्वतः बदर हुनेछन् ।
६. निबन्ध नितान्त नयाँ र मौलिक हुनुपर्ने छ । निबन्धकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ ।
७. प्रतियोगिताका लागि प्राप्त निबन्ध कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वतस् अस्वीकृत गरिनेछ ।
८. प्रतियोगिताका लागि प्राप्त निबन्धमा अरू कसैको निबन्धको अंश या नक्कल गरिएको पाइएमा स्वतस् अस्वीकृत हुनेछ ।
९. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा आयोजक संस्थाको निर्णय अन्तिम र सर्वमान्य हुनेछ ।
१०. निबन्ध प्राप्त हुनुपर्ने अन्तिम दिन २०८१ पुस मसान्त तोकिएको छ।
११. पुरस्कार राशि प्रथम रु ३०००० र दोश्रा रु २०००० र तेस्रा रु १०००० र सहित प्रमाणपत्र रहनेछ । साथै सहभागी उत्कृष्ट १५ स्रष्टाहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
१२. पुरस्कारको अन्तिम निर्णयअघि उत्कृष्ट १५ निबन्धको सूची तयार गरिनेछ ।
१३. प्रतियोगितामा समावेश उत्कृष्ट निबन्धहरूको सङ्ग्रह प्रकाशित गरिने छ ।
सम्पर्क: Email : [email protected]. Phone No : 9851059354


एउटा इनार खन्दै छु

एक बार फिर

राज